Rashtriya Dainik

सुनवल प्याब्सन र सुनवल जेसीजको आयोजनामा Student Leadership Training For House And School Captains कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी ,१० असार

सुनवल प्याब्सन र सुनवल जेसिजको संयुक्त आयोजनामा Student Leadership Training For House And School Captains कार्यक्रम सम्पन्न भएको छ। सुनवल प्याब्सनका अध्यक्ष चोलाकान्त रेग्मीको अध्यक्षता तथा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव विष्णु प्रसाद गोतामेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष धनराज चापागाईं, सुनवल जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि सुवर्ण राज उपाध्याय, सुनवल प्याब्सनका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, जिल्ला प्याब्सनका पुर्व सल्लाहकार थमन शेरचन, जिल्ला प्याब्सनका सदस्य सुमित पाठक, सुनवल जेसीज वर्ष २०२५ का उपाध्यक्षद्वय जेसि मन्जु रेग्मी र सुरज सेन्चुरी लगायतको उपस्थिती रहेको थियो।

नेपाल जेसीज वर्ष २०२४ का उपाध्यक्ष तथा नेपाल जेसीजका प्रशिक्षक जेसि राजन पौडेल शर्माले प्रशिक्षण दिनुभएको कार्यक्रममा १४ वटा बिधालयबाट ७० जना विद्यार्थीको सहभागिता रहेको थियो।

सो अवसरमा कार्यक्रम संयोजक नेत्र रिजाल, सुनवल प्याब्सनका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सुनवल प्याब्सनका कोषाध्यक्ष दिपक पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सुनवल प्याब्सनका सचिव नरीश्वर शर्मा पौडेलले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित