दिपेन्द्र खत्री-०५ फागुन गुल्मी ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल
सामुदायिक बिकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिकाको
नयाँगाउँमा गठित चेप्टेढुङ्गा महिला उद्यम समुह द्वारा सोहि समुहकी बिपन्न सदस्य कुमारी भण्डारी लाई सामुहिक रूपमा बाख्रा उपहार प्रदान गरिएको बाख्रा उद्यम परियोजना सहजकर्ता बिष्णु कुवँरले
जानकारी दिनुभयो l
यसअघि भोकालाई ‘एक छाक भोजन होईन जिउने जुक्ती सिकाऔँ’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिममा सम्पन्न पछि को सामुहिक प्रतिबद्धता गरिए बमोजिम समुहका सबै सदस्यले उपहार प्रदान गर्ने छौ भनी धुर्कोट ०१ नयाँगाउँ निवासी सोहि समुहकी सदस्य कुमारी भण्डारीलाई प्रति सदस्य रू १२० का दरले २५ जना सदस्य द्वारा रू तिन हजार रकम जम्मा गरी बाख्रा उपहार गरेको समुहकी सदस्य मिना पुनले जानकारी दिनुभयो।
यस्तै बाख्रा उपहार ग्रहण गर्दै खुशी व्याक्त गर्दै कुमारी भण्डारी ले आफ्नो आर्थिक अबस्था कमजोर भएको र मैले हाल सम्म अर्कैको बाख्रा अदिया पाल्दै आफ्नो जिबिको चलाउदै आएकी थिए आज मलाई दिदि बहिनीले बाख्रा उपहार गर्नु भएको छ म अब यो उपहार लिएको बाख्रा बाट धेरै भन्दा धेरै आम्दानी बढाउने छु र अदिया लिएको बाख्रा पनि फिर्ता गरी अब आफ्नै बाख्रा पाल्ने छु। भन्ने जानकारी दिनुभयो उहाले थप बोल्नु हुदै म एकल मात्र भए जसो तसो मेरो जिबनलाई सहजै पाल्न सक्ने थिए मैले मेरो अपाङ्ग छोरा लाई पाल्नु परेको छ अब मैले यो बाख्रा बाट आफ्नो सम्पुर्ण खर्चलाई पुराउने गरी पाल्ने छु भन्नु भयो।

चेप्टेढुङ्गा महिला उद्यम समुहकी अध्यक्ष लक्ष्मी थापा अध्यक्षता , समुहकि सदस्य मिना पुनको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी र परियोजनाका सामुदायिक सहजकर्ता विष्णु कुवरको आतिथ्यता समुहका सम्पुर्ण सदस्यको उपस्थिती रहेको कार्यक्रमको संचालन समुहकी सहसचिव सर्मीला पुनको संचालनमा सम्पन्न भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

