आरपि उपाध्याय / नवलपरासी ,१० असार
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको नीति तथा कार्यक्रम मङ्गलबार सार्वजनिक गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो।
सुस्ता गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष टेकनारायण उपाध्यायले नीति र कार्यक्रमको कार्य सुची जानकारी गराउँदै कार्य सुचीमा उल्लेखित बुदाँगत प्रस्तुतिकरण गर्न उपाध्यक्ष गितादेवी चौधरीलाई आग्रह गर्नुभयो।

उपाध्यक्ष एवं सभा सदस्य चौधरीले न्यायीक समितिको वार्षिक प्रगति विवरण,वार्षिक आयव्यय प्रस्तुत गर्नुको साथै विनियोजन ऎन ०८२/०८३ सभा समक्ष प्रस्तुत गर्नुभएको थियो।
उपाध्यक्ष चौधरीले आर्थिक वर्ष ०८२/०८३ मा चालू तर्फ ३२ करोड ८३ लाख ६६ हजार र पुँजीगत तर्फ २२ करोड १९ लाखको बजेट रहेको जानकारी दिनुभयो।
उपाध्यक्ष चौधरीले विकासका पुर्वाधारहरु स्वास्थ्य,शिक्षा,सञ्चार, यातायात र खानेपानी विकासको लागि रकम विनियोजन गरिएको जानकारी दिदै सुस्ता गाउँपालिकालाई समृद्ध बनाउन तर्फ बजेट केन्द्रित रहने धारणा राख्नुभयो।
उहाँले छलफलको क्रममा सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै कार्यपालिकाको बैठकमा आपसी सहमति अनुसारको बजेट बाँडफाँड गरिएको पनि बताउनु भयो।
सभाध्यक्ष टेकनारायण उपाध्यायले दोस्रो दिनको बैठक सञ्चालन गर्दै बजेट विनियोजन भएका कमीकमजोरीलाई सहमति,सहकार्य,एकता र आपसी परामर्श अनुसार अगाडि बढ्ने पनि जिकिर गर्नुभयो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,वडा न.१ का वडा अध्यक्ष अशोक चौधरी,वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखिया,वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाध,वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङ,वडा न.५ का वडा अध्यक्ष प्रभु यादव र सभा सदस्यहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

