अमृता सुनार/ नवलपरासी ,९ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ मा अवस्थित सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि ले जिसन नवलपरासीको आयोजनामा भएको जिल्ला स्तरीय स्पेलिङ्ग बि प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
यहि असार ६ गते बर्दघाटमा २९ वटा विद्यालयहरुको सहभागितामा आयोजना भएको स्पेलिङ्ग बि प्रतियोगितामा सुनवल युनाइटेडका विद्यार्थी मान्भी न्यौपाने, सुप्रिम चापागाई र हिमान्सु अर्यालले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक धनराज चापागाईले खादा माला लगाएर सम्मान गर्नुभएको थियो । सुनवल युनाइटेड स्कूलले गतबर्ष पनि प्याब्सन र जिसन संस्थाले आयोजना गरेका जिल्ला स्तरीय स्पेलिङ्ग बि मा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुको क्षमता, रुचि र उत्सुकतालाई मापन गर्दै उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रशिक्षण दिदै विद्यालयले हरेक क्षेत्रमा विद्यार्थीहरुलाई सहभागी गराउँदै अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश जिल्ला, नगर स्तरका विभिन्न प्रतियोगिताहरुमा अग्र स्थानमा रहन सफल भएको बताइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

