यमुना चाैधरी / नवलपरासी ,९ असार
पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगितामा दोस्रो लुम्बिनी स्तरको रामनगर खुला तेक्वान्दो च्याम्पियनशिप बुटवल तेक्वान्दो डोजाङले क्योरुगी (फाइट) मा टिम फाइआरएसटी ट्रफी र पुम्सेमा टिम प्रथम भएको छ । ७ स्वर्ण पदक ४ रजत पदक ६ कांस्य पदक जितेको छ। यस अघि पनि लुम्बिनी प्रदेशस्तरीय खुल्ला प्रथम रामनगर प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङ प्रथम भएको थियो। अझ सम्म लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङले वर्चस्व कायमै राखेको छ।
पुरुष तर्फको प्रतियोगितामा
१-विबेक श्रीस प्रथम-मुनि २३ केजी
२- मनिष गोटाम ४५ केजीमुनि प्रथम
महिला
३-आयत सिद्दीकी पहिलो-अण्डर २९ केजी
४-सुब्रत बज्राच्य पहिलो २६ केजी मुनि
५-दीपिका कार्की पहिलो ४९ केजी
पुम्से व्यक्तिगत
६-एलेक्स रतन प्रथम
१४ वर्ष मुनिको जोडी
७-एलेक्स र गीताञ्जली-प्रथम
पुम्से व्यक्तिगत
१-गीताञ्जली सोमाई दोस्रो
२-नीरुता नेपाली दोस्रो
३-पुष्पा थापा दोस्रो
१७ वर्ष माथिको जोडी
४-पुष्पा र प्रकाशको जोडी दोस्रो
पुरुष फाइट
१-विशाल श्रीस तेस्रो-अन्डर ३७
महिला
२-रोशनी तामाङ तेस्रो-अन्डर ४४ केजी
पुम्से व्यक्तिगत पुरुष
३-युविन थापा तेस्रो-१२ वर्ष मुनि
४-प्रकाश खासु १७ वर्ष माथि तेस्रो
महिला
५-अञ्जल गोतामे तेस्रो-१२ वर्ष मुनि
जोडी १२ वर्ष मुनि
६-युविन थापा र अन्जल गोतामे तेस्रो भएका थिए।
त्यसैग तिलोत्तमा तेक्वान्दो डोजाङ पुम्से तर्फ १ स्वोर्ण १ रजत सहित टिम तृतिय साथै क्यारुगी तर्फ ४ स्वर्ण १कास्य १ रजत गरि टिम तृतिय हासिल हुन सफल भएको छ।
प्रथम
२४ केजी साया नेपाली
२९ केजी सिखा परियर
३८ केजी इभाञ्जली परियार
४९ केजी अञ्जनी चौधरी
दोस्रो
भिम थारु
तेस्रो
रबिना तामाङ
पुम्से
१२ बर्ष मुनी जोडी तर्फ
स्वस्तिक चौधरी
सम्पदा थापा
प्रथम
१४ वर्ष मुनिको जोडी तर्फ
रितु सुर्य बंश
अबिरल परियार
तेस्रो
खेल संयोजक तपन केवटले जानकारी दिनुभएको थियो । बुटवल तेक्वान्दो डोजाङ प्रथम, रामग्राम डोजाङ दोस्रो र तिलोत्तमा डोजाङ तेस्रो स्थानमा रहेका छन् ।

प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने अल्फा डोजाङका गणेश विक र निशा पुन मगरलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा प्रथम टोलीलाई ट्रफी, स्वर्णपदक र प्रमाणपत्र, दोस्रो टोलीलाई रजतपदक र प्रमाणपत्र तथा तेस्रो टोलीलाई कांस्यपदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १२ वर्षमाथिका एकल तथा विभिन्न उमेर समूहका पुरुष तथा महिला गरी ४५० भन्दा बढी खेलाडी सहभागी भएका थिए ।
प्रतियोगिता लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा, सुनवल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा र योङ गोर्खालीज क्लबको व्यवस्थापनमा सम्पन्न भएको हो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

