नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं ,५ असार : नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो।

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ६ बलमा ७ रन चाहिएको थियो। अन्तिम ओभर सुरु हुनुअघि सेट भएका आरिफ शेख ‘रिटार्यड हर्ट’ भए। त्यसपछि आएका लोकेश बमले अन्तिम ओभरको पहिलो बलमा छक्का हान्दै खेल नेपालको पक्षमा पारेका थिए। लगातार २ बल डट खाँदा १९.४ ओभरमा अर्को छक्का प्रहार गर्दै लोकेश बम १२ र उनीसँगै दीपेन्द्र सिंह ऐरी १६ रनमा अविजित रहे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ५१ बलमा ६ चौका प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो। २.५ ओभरमा नेपालले ओपनर आसिफ शेखको विकेट गुमायो। उनी ७ रन बनाउँदै पेभेलियन फर्किए।
पावरप्लेमा १ विकेट गुमाउँदै ६० रन बनाएको हो।

दोस्रो विकेट तेस्रो क्रममा आएका भिम सार्कीको विकेट गयो। भिमले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा भान डी मार्वेको बलमा बोल्ड भए। उनले ओपनर कुशल भुर्तेलसाग ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

तेस्रो विकेट कप्तान रोहित पौडेलको गयो। उनलाई ११.२ ओभरमा जाच क्याचेटले ५ रनमा एलबीडब्लयू आउट गर्र्दै पेभेलियन फर्काए। ११.५ मा ३ विकेट गुमाउँदै नेपालले १०० रन पूरा गरेको थियो।

नेपालका लागि चौथो विकेट ओपनर कुशल भुर्तेलको गयो। अन्तिम ओभर सुरु हुनुअघि आरिफ शेख ३९ रनमा रिटार्यड हर्ट हुँदै मैदानबाट बाहिरिए। उनले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

नेदरल्यान्ड्सका लागि बलिङ तर्फ बेन फेल्टचर, जाच लिओन क्याचेट, रिलोफ भान मार्वे र आर्यन दत्तले १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले लागि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। तितवुड क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका ओपनर ब्याटर माइकल लेभिटको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नेपाललाई सम्मानजनक लक्ष्य दिएको हो। माइकल लेभिटले सर्वाधिक ८६ रनको पारी खेले । उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर ब्याटर विक्रमजित सिंह डकआउट भए। त्यसपछिका चार वटा ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सकिब जुलफिकरले १४ रनको पारी खेले । रोइलोफ भान मेर्वी ३६ र आर्यन दत्त १७ मा अविजित रहे। अन्य ब्याटरको ब्याटबाट भने दोहोरो अंकमा रन बन्न सकेन।

नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट लिए। ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामीछानेले समान १-१ विकेट लिए।

जारी शृंखलाको पहिलो खेलमा नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालले तेस्रो सुपर ओभरमा गएर नेदरल्यानड्ससँग हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो। नेपालले टी-२० शृंखलाको अन्तिम खेल घरेलु टिम स्कटल्यान्डसँग शुक्रबार खेल्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot