सन्दिप बि.क / नवलपरासी ,४ फागुन
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।
त्यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा न. ४ को सिद्धार्थ माध्यमिक बिधालयमा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थ माध्यमिक माध्यमिक बिधालयको आयोजनामा वसन्त पच्चमीको पावन अवसरमा आयोजित माता सरवस्तीको पुजा नोत्सव तथा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुरेश चाैधरीकाे अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे प्रमुख अातिथ्यता रहेको थियो ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय सभा सदस्य हरिजनले विद्या,ज्ञान,शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । दुर्गम क्षेत्रमा सिद्धार्थ मा.बि निकै उत्कृष्ट काम गरेको प्रशंसा गर्दै बिधालयका भौतिक संरचना निर्माण र गुणस्तरीय शिक्षाका लागि हमेशा सकारात्मक दृष्टिकोण रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हाे ।

सो कार्यक्रममा २०७६ सालमा प्रथम ,दुतिय र त्रितिय स्थान उतिर्ण गरेका बालविकास कक्षा देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम पनि गरिएको विद्यालयमा सन्चालक सुखाडि प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

