उमेश बि.क / नवलपरासी , ४ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ गाेबरहिया काेटहि मन्दिरमा निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको उदघाटन गरिएको छ ।

मंगलबार श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले मन्दिरको उदघाटन गर्नुभएको हो ।

काेटहि भजन कृतन मण्डली तथा गाेबरहिया गाउँबासिकाे ५ लाख ७४ हजार ९ सय ५० रुपैयाँको सहयोगमा मन्दिर निर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीले बताउनुभयो ।

मन्दिर ब्यवस्थापन समिति अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अाथिथ्यतामा भएको मन्दिरको उदघाटन समारोहमा बाेल्दै अध्यक्ष चाैधरीले नेपाल कला संस्कृति, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यतामा बिश्वमै उदाहरणीय भएकाले पुराना मठ मन्दिर, कलाँ संस्कृति र सम्पदाका संरक्षण र प्रवद्धनमा लाग्नुपर्ने बताउनुभयो ।गाेबरहिया गाउँबासि सरावल गाउँपालिका मध्ये उदाहरणीय टाेल बनेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको हाे। अात्म स्फुर्त भएर यहाँ धमाधम मन्दिर निर्माण हुनु याे ठुलाे बिकास हाे।मन्दिर बिकासकाे लागि गाउँपालिकाबाट सहयोग गरेको र अगामी दिनमा पनि सहयोगकार्यलाई निरन्तर्ता दिरहने बताउदै यस्तो पूण्य भूमिमा यस्तो मन्दिर बनिनु सराहनीय काम भएको भन्दै आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको हाे।

त्यस्तै मन्दिर ब्यवस्थापन समिति अध्यक्ष सुखाडि प्रसाद चाैधरी गाेबरहिया गाउँबासि यश क्षेत्रलाई पर्यटकीय स्थल बनाउन लागि परेको बताउदै काेटहि माताकाे शक्तिले सबैकाे इच्छा पूरा भएकोले अात्मस्फुर्त मन्दिर निर्माण कार्यमा गाउँबासि लागि परेको बताउनु भएको हाे। यश क्षेत्र पर्यटकीय क्षेत्र बनाउने कार्य निरन्तर जारी रहेको हुनाले सहयोगी मनहरु सहयोग गरि यश क्षेत्र विकासमा पुर्याउन सहयोगकाे लागि अपिल गर्नुभएको हाे।

मन्दिर समुदघाटन समारोहमा कार्यपालिका सदस्य चन्दा चाैधरी ,समाजसेवी हरिलाल यादव, राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश कुमार बि.क,सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी , समाजसेवी इन्द्रबहादुर चाैधरी, समाजसेवी शिव चाैधरी लगाएतले बाेल्नु भएको थियाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

