दोरेन्द्र खड्का बझाङ ४ फागुन
नेकपा ओली समुहले आज बझाङको बित्थडचिर गाउँपालिकामा आयोजना गरेको भेलामा को को नेताहरु सहभागि हुन गए भन्ने सर्वाधिक चासो देखियो छ ।
विघटीत प्रतिनिधी सभा सदस्य भैरव बहादुर सिहं, ओली समुहका केन्द्रीय सदस्य ऐन महर, अफिलाल ओखेडा लगाएका नेताहरुको सहभागीतामा आयोजित भेलामा तीन जना वडाध्यक्षको मात्रै सहभागी रहेको थियो ।
उक्त भेलामा वडा नम्बर ४ का वडाध्यक्ष कलक बोहरा, नेपाली कांग्रेस परित्याग गरी आएका वडा नम्बर ५ का वडाध्यक्ष करबिर बोहरा र वडा नम्बर ९ का वडाध्यक्ष कलक बिष्टमात्रै सहभागी रहेका थिए ।
गाउँपालिकामा निर्वाचित ४७ जना जनप्रतिनिधी मध्ये तीन जना वडाध्यक्षमात्रै ओली समुहमा खुलेकोका हुन ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहरा हालसम्म कुनै समुहको कार्यक्रममा देखीएका छैनन् । उनि तथष्ट रहेको र निर्वाचन आयोगको आधिकारीक निर्णय पर्खिएको बताईएको छ ।
यद्यपी अध्यक्ष बोहरा आफ्नै समुहमा रहेको प्रचण्ड–माधव समुहका नेताहरुको समेत दाबी छ । गाउँपालिका उपाध्यक्ष, प्रवक्ता लगाएत अधिकांश वडाध्यक्षहरु प्रचण्ड–माधव समुहमै खुलेर लागेका र अध्यक्ष पनि हाम्रै समुहमा रहेको एक नेताले बताए ।

यस्तै बित्थडचिरमा तत्कालीन एमालेका अधिकाशं नेताहरु प्रचण्ड–माधव समुहमा छन् । एकताका जिल्ला कमिटी सदस्य तारा बोहरा, हर्क बोहरा, रमेश अधिकारी र नेकपा गाउँपालिका कमिटी अध्यक्ष निराजन बोहरा, सचिव रघुनाथ जोशी, हरिष खड्का लगाएतका नेताहरु समेत प्रचण्ड–माधव समुहमै उभिएका छन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अधिकांश वडाध्यक्ष र तत्कालिन एमालेका नेताहरु आफुतर्फ रहेको ओली समुहको दाबि झुटो प्रमाणीत भएको छ । ओली समुुहका मानिने केही नेताहरु समेत भेलामा गएनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

