अमृता सुनार/नवलपरासी ,जेठ २६
सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित शहरी स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्य कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयले सम्मान गरेको छ ।
सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सिता भण्डारी, निवर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, वडा सदस्यहरु कृष्ण बहादुर केसी, प्रसुराम कवर, बाल कुमारी परियार, तेज प्रसाद भण्डारी लगाएतको उपस्थिति रहेको कार्यक्रममा शहरी स्वास्थ्य सेवा केन्द्रमा कार्यरत ११ जना स्वास्थ्य कर्मचारीलाई सम्मान गरिएको थियो ।

शहरी स्वास्थ्य सेवा केन्द्रमा विगत लामो समय देिख स्वास्थ्य सेवा क्षेत्रको कार्य सम्पादनको उच्च मुल्यांकनका साथ कदर पत्र द्वारा सम्मान गरेको वडा अध्यक्ष थापा मगरले बताउनु भयो ।
कार्यपालिका सदस्य सिता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिब उषा गिरीले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

