Rashtriya Dainik

गाइकाे गाेठबाट सशस्त्र प्रहरीले बरामद गर्याे ४ लाख बढीकाे तस्करीकाे चकलेट

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भित्र्याइएका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–८, गहवाटोलस्थित मुन्ना हवारीले सञ्चालन गर्दै आएको गाईगोठमा गरिएको छापामारीबाट चक्लेट, खजुर र स्प्रे पेन्ट लगायतका सामग्री फेला पारिएको हो। बरामद सामग्रीहरूको मूल्य रु. ४ लाख ८०० बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

उक्त सामग्रीहरू भन्सार छली गरी भारतबाट ल्याइएका र गोठमा बेवारिसे अवस्थामा लुकाइछिपाइ भण्डारण गरिएको अवस्थामा फेला परेको जनाइएको छ।

कार्यवाहीमा सशस्त्र प्रहरीको टोलीसँगै वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। बरामद सम्पूर्ण सामग्रीहरू कानुनी प्रक्रिया अगाडि बढाउनका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित