Rashtriya Dainik

सुनवलमा १५ दिने प्लम्बिङ तालिम सम्पन्न

अमृता सुनार/नवलपरासी ,२३ जेठ

युवाहरुलाई उद्यमशिलता, रोजगारी र आय आर्जनको दायरा लाई फराकिलो बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने प्लम्बिङ तालिम सम्पन्न भएको छ ।

सुनवल सामुदायिक सिकाई केन्द्रको आयोजना र सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको समन्वयमा गत जेठ ६ गते बाट सुरु भएको प्लम्बिङ तालिम आज एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

सुनवल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय श्रेष्ठको अध्यक्षतामा एवम लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले जब सम्म श्रमको सम्मान हुदैन तब सम्म तालिम रोजगारीमा परिणत नहुने बताउदै हाम्रो आजको अवस्था छोराले काम खोज्दै हिड्ने र बाबुले कामदार खोज्दै हिड्ने बेलुका दुवै घर फर्किदा काम र कामदार नपाई रितै घर फर्केने अवस्था रहेको बताउनुभयो ।

तालिम लिएका प्रशिक्षार्थी हरुलाई प्राप्त गरेको तालिम जिवन व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनुभयो । प्रशिक्षार्थीहरुलाई यस पछि एडभान्स कोर्ष पनि लिनु पर्ने हुनाले त्यसको लागी आवश्यक व्यवस्था मिलाउन संस्थालाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रशिक्षार्थीको तर्फ बाट कृयल घिमिरे, रुबी बस्याल, सिटिईभिटि प्रशिक्षक बिमल ढकाल, समाजसेवी मोहन कार्की, सुनवल खानेपानीका अध्यक्ष विष्णु न्यौपाने, सुनवल नगरका भ्याक्सिनेटेर युवराज पुन, जिल्ला खानेपानी महासंघ नवलपरासीका सचिव मुक्तिराम भण्डारी, सुनवल वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

संस्थाकी उपाध्यक्ष लिला पाठक पङ्गेनीको स्वागत, सल्लाहकार उमाकान्त पाठकको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको संस्थाका सचिव एवम कार्यक्रम संचालक दिपक पौडेलले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित