Rashtriya Dainik

नवलपरासीको सुनवलमा कोदालोकाे प्रहारबाट दुई जनाको हत्या

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ जेठ

पश्चिम नवलपरासीमा कोदालो प्रहारबाट शुक्रबार दुई जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सुनवल नगरपालिका वडा नम्बर २, अवरैया ५० वर्षीय जय राम थारु र ७० वर्षीय नाथु धरिकार रहेका छन् ।

सुनवल २, अवरैयाका २७ वर्षीय हेमराज थारुले ५० वर्षीय आफ्नै वुवा जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई धारिलो कोदालोले प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमाण्डमा २९ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सम्भावित भाग्ने मार्गहरूमा नाकाबन्दी गरी हेमराज थारुलाई नियन्त्रणमा लिएको छ।

हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलको सुरक्षासहित थप अनुसन्धान कार्य अघि बढाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित