Rashtriya Dainik

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा निरज पौडेलको सचिव पदका लागि व्यापक चर्चा

नवलपरासी २२ जेष्ठ:

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्विनि प्रदेशका युवा नेता निरज पौडेल सचिव पदमा उम्मेदवारी व्यापक चर्चाको विषय बनेको छ। ३२ वर्षे उमेरहदभित्र नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला पौडेल सशक्त उम्मेदवारको रूपमा अगाडि आएका छन्।

नवलपरासीको सुनवल निवासी पौडल हाल अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य साथै नवलपरासी इन्चार्ज हुन्। लुम्विनिको जटिल राजनीतिक परिप्रेक्ष्यमा संगठनलाई मजबुत बनाउने कार्यमा उनले निर्वाह गरेको भूमिकाले उनलाई सचिव पदको बलियो दावेदार बनाएको हो।

२४औं महाधिवेशन जेठ २५ गतेदेखि कीर्तिपुर, काठमाडौंमा सुरु हुँदैछ। उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको छ। नयाँ संरचनाअनुसार ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ।

यस सन्दर्भमा पौडेलको उम्मेदवारी केवल एक व्यक्तिगत आकांक्षा नभई, लुम्विनिमा युवा नेतृत्वको सशक्त प्रतिनिधित्वको रूपमा हेरिएको छ। यसले एमालेको समग्र दृष्टिकोणलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ र पौडेलले सम्पुर्ण प्रतिनिधिहरुको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित