Rashtriya Dainik

नेकपा एमाले अल्पमतको सरकारले ल्याएको कार्यक्रमलाई नै प्रचारबाजी : डा.भिम रावल

आरपि उपाध्याय / नवलपरासी ,२२ जेठ

मातृभुमि जागरण नेपालका प्रस्तावक डा. भिम रावलले २०५१ सालमा बनेको नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको कार्यक्रमलाई नै अहिलेसम्म पनि एमालेले प्रचारबाजी गरेको बताउनु भएको छ।

पुर्व गृहमन्त्री समेत रहेका रावलले एमालेको अल्पमतको सरकारले ल्याएको कार्यक्रम बाहेक अन्य नयाँ कार्यक्रम नरहेको पनि धारणा राख्नुभयो।

उहाँले एमाले अध्यक्ष के.पि. शर्मा ओलीलाई दिएको पार्टी सञ्चालन सम्बन्धि सकारात्मक सल्लाह, सुझावलाई तितो लागेको हुँदा मलाई पार्टीबाट निष्कासन गरेको दाबी गर्दै मातृभुमिको रक्षाको लागि जागरण नेपाल कार्यक्रम मार्फत भ्रष्टाचार, ढिलासुस्ती,अनियमितता विरुद्धको अभियानमा लागेको जिकिर गर्नुभयो ।

पश्चिम नवलपरासी बर्दघाट १० लण्डन ब्रिज होटलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पुर्व उपाध्यक्ष समेत रहेका रावलले एमाले पार्टीलाई एकताबद्ध भएर लैजान नेताहरू झलनाथ खनाल र माधव नेपाललाई साथ लिएर अगाडि बढ्दा पद र स्वार्थ बोकेकाहरुले एमाले विभाजन गराएको खुलासा पनि उहाँले गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसाले आगोको झिल्को सानो भएपनि त्यसको असर ठूलो हुने विचार व्यक्त गर्दै यो अभियानमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो।कार्यक्रममा नन्द प्रसाद सुवेदी, भरत पाण्डे,टोप बहादुर सिंह लगायतले पार्टी संग सम्बन्धित विभिन्न जिज्ञासा राख्नुभएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिदै रावलले आफ्नो अभियानलाई सफल बनाउन देश दौडहा कार्यक्रममा लागेको बताउदै यो अभियानमा इमानदार,कर्तव्यनिष्ठ र राष्ट्रभक्ती बोकेका व्यक्तिहरु निडर भइ अभियान सफल गर्न आग्रह पनि गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित