Rashtriya Dainik

वन वातावरण तथा जैविक बिबिधता सम्बन्धि अनुशिक्षण कार्यक्रम लुम्बिनी माविमा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२२ जेठ

वन वातावरण तथा जैविक विविधता सम्बन्धि विद्यालयहरुमा अनुशिक्षण कार्यक्रम लुम्बिनी माध्यमिक विद्यालय सुनवल १ सोमनाथमा सम्पन्न भएको छ ।

वन तथा वाताबरण समितिका संयोजक जुठिमाया रेगामीको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य सीता भण्डारी, लुम्बिनी माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गङ्गा बहादुर गुरुङ्ग, माबि का प्रधानध्यापक हुमनाथ सुवेदी, शिक्षक रुक्मागत बश्याल लगाएतको आतिथ्यता रहेको थियोे।

वन वातावरण तथा जैविक विविधता सम्बन्धी विद्यालय स्तरीय कार्यक्रममा लुम्बिनी माविका कक्षा ९ मा अध्यनरत ४० जना छात्राछात्रहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वन तथा बाताबरण अधिकृत अनुस्का सुबेदिले गर्नुभएको थियो ।

लुम्बिनी माबि रेडक्रस समितीका अध्यक्ष समीर काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन बालमैत्री समिती अध्यक्ष संस्कार घिमिरे र सचिब आदर्श भण्डारीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित