रुपन्देही ,२२ जेठ
रुपन्देहीको भैरहवामा अवस्थित केही स्पाहरुमा अवैध धन्दा भैइरहेकाे पाइएको छ।
जिल्ला अनुगमन समिति, रुपन्देहीले भैरहवामा मसाज सेन्टर ९स्पा० अनुगमन गर्दा अवैध धन्दा भैइरहेकाे पाइएको हाे। समितिले सिद्धार्थनगर नगरपालिका–१३ का ७ वटा स्पा सेन्टरहरु अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कानून विपरीतका कार्य गरेको पाइएपछि तीनवटा तत्कालका लागि बन्द गरिएको छ । यस्तै, दुईवटा स्पा नगरपालिकामा दर्ता नभएको पाइएपछि एकहप्ता भित्र दर्ता गर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।
यस्तै, दुईवटा स्पा भने मापदण्ड अनुसार चलेको पाइएको छ । अनुगमन समितिले बन्द गरेका स्पाहरुमा बसपार्कको स्टार स्पा, नयाँ सडकको न्याचुरल आयुर्वेद स्पा एण्ड पार्लर र नेशनल स्पा छन् । यस्तै, कोहिनुर स्पा र द लीला स्पालाई एक हप्ता भित्र सिद्धार्थनगरमा दर्ता गरी प्रशासनलाई जानकारी दिन निर्देशन दिइएको छ ।

अगुमन समितिले मुन रिफ्रेस स्पा र लक्स स्पा भने मापदण्डअनुसार चलेको पाइएको जनाएको छ । जिल्ला प्रशासनमा स्पाहरुमा अवैध गतिविधि भइरहेको उजुरी परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए । उनले बन्द गरिएका स्पाहरुलाई कानून अनुसार कारबाही गरिने जनाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

