केरला ,२२ जेठ
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो समेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।
यसमा सबैभन्दा बढी केरला राज्यमा सबैभन्दा बढी १ हजार ३ सय ७३ संक्रमित छन्। त्यहाँ रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

