Rashtriya Dainik

३० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

नवलपरासी,२१ जेठ

पश्चिम नवलपरासीको बेतानीस्थित वार्ड नम्बर ६ मा प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले भारतबाट लुकिछिपी भित्र्याउँदै गरेको अवस्थामा ३० लाख ५३ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले विशेष सूचनाका आधारमा बर्दघाट नगरपालिका वडा नम्बर ६ को बेतानीस्थित भीम मावि छेउबाट शंका लागेका दुईजनालाई नियन्त्रणमा लिई जाँच गर्दा,उनीहरूले ल्याइरहेका झोलाबाट विभिन्न प्रकारका इलेक्ट्रोनिक सामान तथा भगवान गणेशका मूर्तिहरू फेला पारेका थिए।

बरामद भएका सामानहरूकाे बिवरण परिमाण अनुमानित मूल्य ठूला पित्तलका मूर्ति १५ थान ४५,००० साना पित्तलका मूर्ति ३६० थान १०८००० एयरफन ४ कार्टुन ८ हजार पिस ८ लाख,आइफोनका एयरपड्स २nd जेनेरेशन ३ कार्टुन ३०० पिस ४ लाख ५० हजार ,मोबाइल कभर र चार्जर १५०० पिस १ लाख ५० हजार ,मोबाइल ग्लास १५ कार्टुन १५ लाख कुल मूल्य: रु. ३०,लाख ५३ हजार ५०० सयको रहेको प्रहरीले जनाएको छ ।

उक्त सामानहरू बरामद गरेपछि प्रहरीले तत्कालै महेशपुर भन्सार कार्यालयमा बुझाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दघाट–सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीर दत्त पन्तले जानकारी दिएका छन्।

प्रहरीले यस किसिमको अवैध सामान ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै सीमावर्ती क्षेत्रहरूमा गस्ती तथा निगरानी अझ कडा बनाउने बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित