नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने भएको छ ।
पार्टीको बुधबार बर्दघाटमा सम्पन्न जिल्ला समितिको पाचौं पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो । जस अनुसार असार ५ गते केन्द्रीय योजना अनुसार अभियान उदघाटन समेत गरिने सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रमोद , ब्युरो सेक्रेटरी सुबोध, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सङ्कल्पलगायतले प्रशिक्षण दिएको केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी समरले बताए । यसैबीच पार्टीको आयोजनामा पार्टी सदस्य सम्मको लागि राजनैतिक बैचारिक प्रशिक्षण गरिएको सेक्रेटरी समरले जानकारी दिए ।
प्रशिक्षणमा रामग्राम,सुनवल,बर्दघाट, सुस्ता र प्रतापपुर गाउँपालिकाका कार्यकर्ता सहभागी थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

