Rashtriya Dainik

बर्दघाटमा मूर्तिसहित साढे ३० लाखको सामान बरामद

संजय कुशवाहा / नवलपरासी २१ जेठ

पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका वडा नं. ६ बेतहानी स्थित बर्दघाट- त्रिवेणी भित्री सडकको किनारमा बेवारिसे अवस्थामा रहेको १५ लाख बराबरको मोबाइल ग्लास ,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर १ लाख ६३ हजार मुल्य बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन् ।

सडक किनारमा प्लास्टिकको बोरा राखेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक दिपेन्द्र बानियाको कमाण्डमा खटिएको प्रहरी टोलीले मुर्ति र मोबाइलका ग्लास लगायत समानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताउनुभयो ।

उक्त नियन्त्रणमा लिएको समानको मुल्य ३० लाख ५३ हजार बराबरको रहेको छ भने मंगलबार राति बरामद लिएको समान आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित