सुरेश यादव/नवलपरासी ,२१ जेठ
पश्चिम नवलपरासीमा आगमी आर्थिक वर्ष २०८२/८३ का लागी ३ अर्ब १२ करोड १९ लाख बजेट बिनियोजन गरिएको छ ।
जिल्लाको सात वटा स्थानीय तह मध्ये सबैभन्दा बढि रामग्राम नगरपालिकाको ७० करोड ४१ लाख रुपैया रहेको छ भने सबैभन्दा कम सुस्ता गाउँपालिकाको २९ करोड १४ लाख छ । रामग्राम नगरपालिकाले चालुतर्फ ४३ करोड ९३ लाख र पुजीँगततर्फ २६ करोड ४८ लाख प्राप्त गरेको छ भने सुस्ता गाउपालिकाको चालुतर्फ २७ करोड ५८ लाख र पुजीँगततर्फ १ करोड ५६ लाख छ ।
यस्तै सुनवल नगरपालिकाकाको बजेट प्रतापपुर गाउँपालिकाका भन्दा एक करोड भन्दा कम रहेको छ । सुनवलले ४४ करोड ८३ लाख बजेट प्राप्त गर्दा प्रतापपुरको ४५ करोड ७३ लाख छ ।सुनवलको चालुतर्फ ४३ करोड २७ लाख र पुजीँगततर्फ १ करोड २७ लाख रहेको छ भने प्रतापपुरको चालुतर्फ ३८ करोड ७६ लाख र पुजीँगततर्फ ६ करोड ९७ लाख विनियोजन गरिएको छ ।
बर्दघाट नगरपालिकाको ५३ करोड ७० लाखमध्य चालुतर्फ ४९ करोड ७ लाख र पुजीँगततर्फ ४ करोड ६३ लाख छ । सरावल गाउँपालिकाको ३४ करोड ३० लाखमध्य चालुतर्फ ३२ लाख ८८ हजार र पुजीँगततर्फ १ करोड ४२ लाख छ । पाल्हीनन्दन गाउँपालिकाको ३४ करोड ८ लाखमध्ये चालुतर्फ ३० करोड २ लाख र पुजीँगततर्फ ४ करोड ६ लाख छुट्याईएको छ ।
जिल्लाका सात स्थानिय तहहरुले अब संघ,प्रदेशको बजेट र आन्तरिक आम्दानीको आधारमा नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट सार्बजनिक गर्नेछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

