वीरगन्ज । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लालबाबु राउत जयसवालले नारायणी रंगशालालगायत खेलकुद क्षेत्रमा चाँडै बजेट विनियोजन हुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै यसपटकको बजेट वक्तव्यमा केही स्थान छुटिए पनि संघीय सरकारसँग लिखित तथा मौखिक रूपमा पटकपटक पहल गरिसकेको र बजेट विनियोजन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।
मन्त्री जयसवालले भनेका छन्, “बजेट वक्तव्यमा नाम छुट्नु मात्र हो, हाम्रो मन्त्रालयमार्फत पनि आवश्यक बजेट विनियोजन गरिनेछ।”
उनले प्रदेश सरकारको तर्फबाट खेलाडीहरूसँग गरिएका वाचा चाँडै पूरा गरिने उल्लेख गर्दै नारायणी रंगशालाको विकासका लागि आफ्नै मन्त्रालयबाट समेत बजेट छुट्याइने जानकारी दिए। साथै उनले जनताको निरन्तर साथ र सहयोगको अपेक्षा राखेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

