Rashtriya Dainik

सुस्तामा पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

उमेश बि.क / नवलपरासी ,१६ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कपडा बैंक स्थपना भएको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले पालिका परिसरमा राखिएको संकलन बक्स खोली बैंकको शुभारम्भ गर्नुभएको हाे।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले मानवीय कार्यअन्तर्गत कपडा बैंकको स्थापना गरिएको बताउनुभयो । वहाँले सबैले आफ्ना पुराना कपडाहरू कपडा बैंकमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्यूनीकरण गर्न सकिने बताउनुभयो। अध्यक्ष उपाध्यायले कपडा बैंकमा सम्पूर्ण सुस्ताबासी आफ्नो प्रयाेगमा नआएको कपडा ,कपडा बैंकमा सहयोगगरि हातेमालो गर्न सबै जनसमुदायलाई अपिल गर्नुभएको हाे।

सुस्ता गाउँपालिकाको पालिका परिसरमा संकलन बक्स राखिएको छ भने संकलित कपडाहरुलाइ पुन: प्रशोधन (रि-साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने पालिका उपाध्यक्ष गिता चाैधरीले बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब सङ्कलन गर्ने र प्रशोधन गरेर आवश्यक ब्यक्तिलाई निःशुल्क रुपमा कपडा दिने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको बताउनुभयो ।


सुस्ता गाउँपालिकाकाे समन्वय र क्लोथ एण्ड फूड बैंक नेपालकाे आयाेजनामा कपडा बैंक सन्चालनमा ल्याइएको कपडा बैंकका संचालक कमल जिसीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित