Rashtriya Dainik

सरावल ४ नम्बर वडाद्वारा ४१७ घरधुरीलाई स्टैंड पंखा वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ जेठ

पश्चिम नवलपरासीको वडा नम्बर ४ ले आफ्ना नागरिकहरूलाई स्टैंड पंखा वितरण गरेको छ ।

आज आयोजित कार्यक्रममा सरावल ४ अन्तर्गत पर्ने हात्तिवन , पुनर्हा र मंगलापुरकाे ४१७ घरधुरीलाई वडा समितिले स्टैंड पंखा वितरण गरेको हो ।

आज एक कार्यक्रमबिच सरावल ४ वडा अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यतामा ४१७ घरधुरीलाई पंखा वितरण गरिएकाे हाे।

कार्यक्रममा बाेल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष अधिकारीले सरावल गाउँपालिकाले चाैतर्फिक बिकास गरेको बताउदै बाढी नियन्त्रणकाे लागि पनि पालिकाले साइफन निर्माण देखि थुप्रै जनमुखी याेजना अगाडि बढाएको बताउनुभएकाे थियो ।

यसअघि वडाले गाेबरहिया ,मंगलापुर पंखा वितरण गरिएको वडाध्यक्ष सुरेश यादवले जानकारी दिनुभएको हाे । वडाध्यक्ष यादवका अनुसार वडाभित्रका सबै घरधुरीलाई पंखा वितरण गर्ने लक्ष्य अनुसार वितरण गरिएको र अन्य टाेललाई आउने आर्थिक बर्षमा निरन्तरता दिइनेछ । वडा अध्यक्ष यादवले आदिवासी जनजाति ,मधेसी ,मुस्लिम , दलित ,पिछडाबर्ग लगाएतकाे लच्क्षित बर्गका महिलाहरूलाई सम्मान स्वरुप सिजि कम्पनीको स्टैंड पंखा बितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजन, बर्दघाट नगरपालिका निवर्तमान मेयर धिरज बस्याल लगाएतले वडा अध्यक्षले गरेको कामकाे प्रशंसा ब्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित