Rashtriya Dainik

परवानिपुर गापाद्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा रक्तदान ३० जनाले रक्तदान

राजन कुमार बानिया
पर्सा १५ जेठ
परवानिपुर गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रगतको पोका दिएर गरेका थिए

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित कुल ३० जनाले रक्तदान गरेका छन् ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

रक्तदान कार्यक्रममा सहभागीहरूलाई प्रोत्साहन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रक्तदानलाई ‘जीवन रक्षक कार्य’ को संज्ञा दिँदै यसले समाजमा एकताको भावना जागृत गर्ने बताए । उनले भने, “रक्तदान एउटा यस्तो कार्य हो जसले कसैको जीवन बचाउन सक्छ । हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

उपाध्यक्ष सुगान्धी देवीले पनि रक्तदानको महत्वमाथि प्रकाश पार्दै स्थानीय बासिन्दाहरूलाई यस्ता सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन आह्वान गरिन् । प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता रचनात्मक र सामाजिक महत्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई गाउँपालिकाले सम्मान पत्र र स्वास्थ्य सम्बन्धी आधारभूत जाँचको सुविधा पनि प्रदान गरेको थियो । स्थानीय स्वास्थ्य संस्था र रक्तसञ्चार केन्द्रको सहयोगमा आयोजित कार्यक्रमले रगतको अभावमा हुने समस्यालाई सम्बोधन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित