Rashtriya Dainik

रामग्राममा निर्माण गरिएको आर्सनिक मुक्त शुद्ध खानेपानी ट्यांकी हस्तान्तरण

सुरेश यादव / नवलपरासी ,१५ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० स्थित जनता मावि लक्ष्मीपुरमा निर्माण गरिएको आर्सनिक मुक्त शुद्ध खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ ।

शहरी वातावरण व्यवस्थापन समाज (युम्स) नेपाल ललितपुरको १७ लाखको आर्थिक सहयोगमा विद्यालय परिसरमा निर्माण गरिएको आर्सनिक मुक्त शुद्ध फिल्टर ट्यांकीसहित, प्याड ईन्सिनिरेटर, डस्टबिन, हाईजनिक टेबल तथा विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुलाई हाईजिन किटका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिनरायण चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्झना चौधरीको प्रमुख अतिथ्यततामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले युम्स नेपालले शुद्ध खानेपानी र ब्यक्तिगत सरसफाईका लागी उपलब्ध गराएको समाग्रीहरुको सहि सदुपयोग गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले यस विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका निम्ती नगरपालिकाले सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै युम्स नेपालका सल्लाहकार डा. मख्खन महर्जनले आर्सनिक मुक्त खानेपानी ट्यांकी निर्माणले आर्सनिकको समस्यालाई केहि हदसम्म अन्त्य गर्न मदत पुग्ने बताउनुभयो । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चौधरीले युम्सले गरेको सहयोगको प्रसंसा गर्दै आगमी दिनमा पनि साथ र सहयोग रहिरहने विश्वास ब्यक्त गर्नुभयो ।

साथै विद्यालयले सोही अवसरमा गत बर्ष वाल विकासदेखि कक्षा ९ सम्म परिक्षामा प्रथम, दितिय, तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको थियो। कार्यक्रममा समाजसेवी भवानी शंकर चौधरी, सिताराम यादव, प्रधानाध्यापक ईन्द्रकमल यादवलगायतले बोल्नुभएको कार्यक्रम सन्चालक (शिक्षक) धर्मराज यादवले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित