Rashtriya Dainik

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा प्रतापपुर गाउँपालिकालाई ज्ञापन पत्र

आरपि उपाध्याय / नवलपरासी ,१३ जेठ

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी नवलपरासी (ब.स.प.) ले प्रतापपुर गाउँपालिकालाई मङ्गलबार ज्ञापन पत्र पेस गरेको छ।
एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश उपाध्यक्ष एवं नवलपरासी इन्चार्ज बृहस्पति अधिकारी र जिल्ला अध्यक्ष कुमार आलेद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा जिल्लामा देखिएका विकृति, विसङ्गती,भ्रष्टाचार र तस्करीको अन्त्य गर्दै “सुशासन, रोजगारी र समाजवादको तयारी” स्थापना गर्ने १२ बुदे माग पत्रसहितको ज्ञापन पत्र पालिका अध्यक्ष उमेशचन्द्र यादवलाई बुझाइएको थियो।
प्रस्तुत ज्ञापन पत्र बुझाउदै ने.क.पा. समाजवादी नवलपरासीका अध्यक्ष कुमार आलेले विपन्न परिवारको पहिचान गर्दै निशुल्क खानेपानी,धारा जडानको व्यवस्थापन,खाद्यवस्तुको खरिदबिक्रीमा चलिआएको जर्ती प्रथा तत्काल अन्त्य गरि पालिका संरचनाबाट सर्वसाधारणलाई पुगेको असहजतालाई ध्यानमा राखी भूगोल अनुसार पायक पर्ने गरि पालिका पुनः संरचना गर्न पहल गर्ने लगायत मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
सो अवसरमा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश उपाध्यक्ष बृहस्पति अधिकारीले वर्तमान सरकार जनताको पक्षमा केही नगरेको आरोप लगाउदै आफुहरुद्वारा प्रस्तुत माग ज्ञापन पत्र तत्काल पूरा गर्ने तर्फ कार्य गर्न अपिल गर्नुभयो।
ज्ञापन पत्र बुझ्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले ज्ञापन पत्रमा लेखिएका बुदागत मागहरुलाई आफ्नो क्षेत्र अधिकारभित्रका बुदालाई पूरा गर्ने तर्फ क्रियाशिल रहने तथा अन्य मागका विषयमा सम्बन्धित निकायमा पहल गराउने तर्फ पालिका प्रतिबद्ध रहने आश्वासन दिनुभएको छ।
ज्ञापन पत्र बुझाउने क्रममा ने.क.पा. एकीकृत समाजवादी पार्टीले सुस्ता गाउँपालिकामा पनि ज्ञापन पत्र बुझाएको जानकारीमा आएको छ।


ज्ञापन पत्र बुझाउने क्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य लक्ष्मी भुसाल खरेल,जिल्ला सचिव विष्णुप्रसाद बराल लगायतको पनि उपस्थिति रहेको थियो।
एकीकृत समाजवादी पार्टीले पश्चिम नवलपरासीका सबै पालिकाहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित