Rashtriya Dainik

सुस्ता गाउपालिका स्तरीय वक्तृत्वकला र निबन्ध लेखनमा राष्ट्रिय मावि छिवनी प्रथम

राष्ट्रिय दैनिक / नवलपरासी ,जेष्ठ १३ गते

सुस्ता गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला र प्राबि स्तरीय निबन्ध लेखन प्रतियोगितामा राष्ट्रिय माबि छिवनीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा मुस्कान आर्याल (राष्ट्रिय मा. वि. छिबनी) प्रथम, पियुश कोइरी (महेन्द्र मा. वि. कुडिया) दोस्रो, जया भण्डारी (न्यू लिटल बुद्ध ई.बो. फेचुहा) तेस्रो र मिलन हरिजन (क्यानल सेन्टर ई.बो.), समिर कोइरी (नरसही नारायणी बिच हे.ई.बो.) नरसही सान्त्वना स्थान हासिल गर्न सफल भएका छ्न ।

त्यस्तै सुस्ता गाउँपालिका स्तरीय प्रा. वि. तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा समेत राष्ट्रिय माबि छिवनी प्रथम भएको छ । सुमन हरिजन (राष्ट्रिय मा. वि. छिबनी ) प्रथम, कुशल भण्डारी ( न्यू लिटल बुद्ध ई.बो. फेचुहा ) दोस्रो, आशिका डुम्रे ( क्यानल सेन्टर ई.बो. ) तेस्रो र कृपान भण्डारी ( माउन्ट एभरेस्ट ई.बो. ) सान्त्वना स्थान हासिल गरेका छन ।
प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष टेक नारायण उपाध्यायले गाउपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्नु भयो । ” सुस्तामा अब्बल नतिजा र उत्कृष्ट अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न गाउपालिका लागिरहेको छ ।” अध्यक्ष उपाध्यायले भन्नु भयो । पुरस्कार बितरण गर्दै अध्यक्ष उपाध्यायले आगामी दिनमा अझ सशक्त प्रस्तुति दिन प्रोत्साहन गर्नु भयो ।


विद्यार्थीका अन्तरनिहित क्षमता प्रस्फुटन गर्न सहयोग गरेको राष्ट्रिय माबि छिवनीका प्रअ अर्जुन पाण्डेले बताउनु भयो । उहाँले गाउपालिकाले शिक्षामा चासो बढाएको उल्लेख गर्दै पछिल्लो समय विद्यालयहरुको नतिजामा सुधार हुदै विद्यालयका अतिरिक्त क्रियाकलापमा अब्बल भएका बताउनु भयो ।

प्रतियोगितामा सुस्ता गाउपालिकामा रहेका सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित