Rashtriya Dainik

सरावल ७ मा ‘हाइ-मास्ट लाइट’ जडानले वडा उज्यालो

राष्ट्रिय दैनिक / नवलपरासी ,११ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ मा हाइ-मास्ट लाइट जडान गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर ७ ले हाइ-मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

शान्ति सुरक्षा कायम गर्नका लागि सरावल ७ अन्तर्गत बरगदवा २ वटा र बुडन्तवापुरमा १ वटा ‘हाइ-मास्ट लाइट’ जडान गरिएको हो ।

वडालाई सुन्दर र उज्यालो बनाउनको लागि हाइ-मास्ट तथा सडक बत्ति जडान गरिएको सरावल गाउँपालिका वडा नम्बर ७ वडाअध्यक्ष ह्यात खाँ धुनियाले बताउनुभयो ।

हाइ-मास्ट लाइटले चोरी डकैली लगायतका विभिन्न अपराधिक घटनामा कमी आउनुका साथै व्यवपारिक क्षेत्रका नागरिकलाई सहज हुने विश्वास छ ।

पहिलो चरणमा गत बर्ष भुजहवा चाेकमा २ वटा जडान गरिएको वडा अध्यक्ष धुनियाले बताउनुभयो ।

चाेक चाैरहामा विभिन्न नागरिहरुको चहलपल हुन्छ, ती स्थानमा हुनसक्ने कुनै पनि अपराधिक क्रियाकलापमा कमी ल्याउनका साथै सुन्दर वडा बनाउने उद्देश्यले जडान गरिएको वडा अध्यक्ष धुनियाले बताउनुभयो ।

वडाकाे करिब साढे सात लाखकको लागतमा हाइ-मास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइएको अरु अन्य स्थानमा आउने आर्थिक बर्षमा जडान गरिने वडा अध्यक्ष धुनियाले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित