पर्सा ,११ जेठ
पर्साको कालिकामाई गाउँपालिका वडा नं २ स्थित कालिकामाई युवा समाजले आज संस्थाको स्थाई कार्यालयको उदघाटन गरेकोछ।
कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको कार्यालय उदघाटन कार्यक्रमको प्रमुख अतिथि कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती राजमति देवी बरैनी ज्यूले फित्ता काटेर कार्यालयको उदघाटन गर्नुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं २ भेडिहारीको वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया,वडा नं १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया,अतिथिहरु छठु साह, डा. दिलिप कुशवाहा,योगेन्द्र चौरसिया,सुनिल चौरसियाले मन्तब्य ब्यक्त गर्दै आफूहरु सधैं कालिकामाई युवा समाजलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाले संस्था निर्माणको लागि कुनै पनि बाहिरको बजेट नआएको र आफूहरु घरधनिसंग सम्झौता गरी संस्थाको कार्यालय सञ्चालन गर्न लागेको कुरा स्पष्ट पार्दै संस्थालाई विभिन्न सामाग्रीहरु सहयोग गर्नुभएका अतिथिहरुलाई खादा ओढाएर सम्मान-पत्र सहित सम्मानित गर्नुभएको थियो।
शिक्षक लक्षमण ठाकुरले सञ्चालन गर्नुभएको कार्यक्रममा कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती राजमति देवी बरैनी,वडा नं १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, वडा नं २ को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया,कालिका टाइम्सको निर्देशक छठु साह,समाज सेवी दिलिप कुशवाहा, स्वास्थ्य संयोजक योगेन्द्र चौरसिया शिक्षक जयप्रकाश चौरसिया, लगायत स्थानीयबासीहरु,सञ्चारकर्मी,सुरक्षार्मी र युवाहरुको उपस्थिति रहेको युवा समाजको कोषाध्यक्ष बुलेट तिवारीले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

