Rashtriya Dainik

सोमनाथ शिवालय मन्दिर व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,११ जेठ

सोमनाथ शिवालय मन्दिर व्सयवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभा प्रगति बाल उधान सोमनाथमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष थापाले विविधतायुक्त नेपाली समाजमा सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिँदै सोमनाथ मन्दिरको विशेष पहिचान रहेको बताउनुभयो ।


कार्यक्रममा समितिका अध्यक्ष राम प्रसाद पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गा देवी काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल आम्दानी २ लाख ५७ हजार १ सय ६७ र खर्च २ लाख ४१ हजार ४ सय ८४ भई हाल सम्म संस्था संग १५ हजार ३ सय ५६ रुपैयाँ बचत रहेको छ ।

सो अवसरमा वडा सदस्य कृष्ण बहादुर छेत्री, लाल बहादुर चोखाल, खगराज उपाध्याय,याम बाहादुर थापा, वीर बहादुर जिसी लगाएतले मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष भिम बहादुर पाण्डे र विष्णु देवी थापा क्षेत्रीलाई कदरपत्र द्वारा सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष दीपेन्द्र पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब गोमा देवि आचार्यले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित