Rashtriya Dainik

युपिआर रिपोर्ट सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न

रंजीत शर्मा/दाङ,९ जेठ ।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय सार्वभौमिक आवधिक समीक्षा (युपिआर) प्रतिवेदन तयारीको सन्दर्भमा परामर्श कार्यक्रम आज लुम्बिनी प्रदेशका दाङमा सम्पन्न भएको छ।

आईएम स्विडिस् डेभलपमेन्ट पार्टनर सहयोग, महिला सेवा संस्थाको प्राविधिक सहयोग तथा युवालय संस्था एवं मानव अधिकारमा काम गर्ने अन्य सरोकारवाला निकायहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका युवा प्रतिनिधिहरू, मानव अधिकारकर्मी, नागरिक समाजका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा आगामी युपिआर प्रतिवेदनमा समावेश गरिनुपर्ने युवाका प्राथमिक विषयवस्तुहरू, विगतका सिफारिसहरूको कार्यान्वयन अवस्था र सुधारको लागि आवश्यक रणनीतिबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै युवालयको कार्यक्रम संयोजक विद्या विष्टले युपिआर प्रक्रिया देशका लागि अन्तर्राष्ट्रिय उत्तरदायित्व पुरा गर्ने अवसर मात्र नभई आन्तरिक सुधार र समावेशी संवादको महत्वपूर्ण आधार रहेको बताइन्। सहभागीहरूले प्रतिवेदन तयारीमा सहभागीता, पारदर्शिता र समन्वयलाई अझ सशक्त बनाउन सुझाव दिएका थिए।

परामर्श कार्यक्रमले युपिआर प्रतिवेदनको तयारीलाई अझ सशक्त, तथ्यपरक र समावेशी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित