बझाङ , जेठ ८
नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा झोता दीप क्याम्पसमा अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्।
भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। साथै, उनले सोही दिन नजिकैको बाल आश्रममा पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन सामाजिक सेवामार्फत् मनाएका हुन्।

“साथीसङ्गीसँग बसेर रमाइलो गर्दा खर्च त हुन्छ नै, तर त्यसको सामाजिक प्रतिफल हुँदैन। त्यसैले अबदेखि आफ्नो जन्मदिन अनाथ तथा गरिब विद्यार्थीहरूको शिक्षामा सघाउने खालका काम गरेर मनाउने निर्णय गरेको हुँ,” भण्डारीले बताएका छन्।
समाजसेवी यूवा नेताका रूपमा परिचित भण्डारीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्। उनीद्वारा गरिएको यो कदम स्थानीय युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

