Rashtriya Dainik

७८ वर्षीय शंकर जोशी सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपील

बझाङ ,८ जेठ

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–२ तर्फको पहाडी घर जान भनी मिति २०८२ साल जेठ ३ गते बिहान ७:३० बजे घरबाट निस्कनुभएका ७८ वर्षीय शंकर जोशी हालसम्म पनि सम्पर्कविहीन रहेका छन्।
जोशीका परिवारका अनुसार उहाँ “पहाड घर बझाङ जान्छु” भनेर हिँड्नु भएको थियो, तर हालसम्म न त घर पुग्नुभएको छ, नत कुनै आफन्त वा चिनाजानकोमा भेटिएको छ। खोजतलास गर्दा समेत उहाँको केही अत्तोपत्तो नलागेको र अहिलेसम्म मोबाइल वा अन्य कुनै माध्यमबाट पनि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
जोशीको हुलिया यसप्रकार छ:
• नाम: शंकर जोशी
• उमेर: ७८ वर्ष
• तौल: झण्डै ६५ के.जी.
• रंग: गहुँगोरो
• शरीर: पातलो, उचाइ करिब ६ फिट
उहाँलाई अन्तिम पटक घरबाट बझाङ जाने क्रममा देखिएको हो। सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै सुराकी नपाइएको हुँदा जो–कोहीले उहाँलाई देख्नुभएमा वा उहाँसम्बन्धी कुनै जानकारी भएमा निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन परिवारजनले अनुरोध गरेका छन्:
परिवारजन अत्यन्त चिन्तित अवस्थामा रहेको र यथासिघ्र जानकारी उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित