Rashtriya Dainik

हामी कम्युनिष्ट पार्टी एकताको पछ्यउछौं : उपाध्यक्ष जोशी 

बझाङ, — नेकपा (एकीकृत समाजवादी) जिल्ला समिति बझाङको नवौं जिल्ला अधिवेशन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोशीले आफू कम्युनिष्ट पार्टी एकताको पक्षमा दृढ रूपमा रहेको बताएका छन्।
उनले भने, “हामी कम्युनिष्ट पार्टी एकताको पछ्यमा छौं। यदि कम्युनिष्टहरूले एकता गर्न सकेनन् भने कुनै पनि कम्युनिष्टको भविष्य छैन।” उनले देशमा देखिएको अस्थिर सरकारको कारण विकासमा गम्भीर अवरोध पुगेको टिप्पणी गर्दै, स्थायित्व र समृद्धिका लागि कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आवश्यक रहेको बताए।
नेकपा (एकीकृत समाजवादी) बझाङको नवौं जिल्ला अधिवेशन जेठ ११ र १२ गते केदारस्यूँ गाउँपालिका वडा नम्बर ९ स्थित झोतामा हुने जानकारी पनि सम्मेलनमा दिइएको छ।
सम्मेलनमा अधिवेशनको तयारी, कार्यदिशा र भावी रणनीतिबारे चर्चा गरिएको थियो। उपाध्यक्ष जोशीले अधिवेशनलाई सफल बनाउन सबै तहका कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित