सुरेश यादव/ नवलपरासी ,८ जेठ
पश्चिम नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।
रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री सारुले जिल्लाको एक मात्र सरकारी पृथ्बी चन्द्र अस्पताल परासीमा अभाव रहेको डाक्टरहरुको परिपुर्ति गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
यसअघि जिल्लाका सात वटा स्थानिय तहमा १६ देखि ५९ महिनासम्मका १८ हजार ४५९ जना वालबालिकाहरुलाई पुर्ण खोप लगाईएको थियो । जसमा यस बर्ष खोप लगाउन छुटेका १७३ जनालाई लगाएपछि जिल्लालाई नै पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । यस्तै १५ महिनामुनिका ६ हजार ४५७ जना वालबालिका अहिले पनि खोप लगाईरहेका छन् ।
१६ देखि ५९ महिनासम्मका खोप लगाएका वालबालिकाहरुमा नगरपालिकातर्फ रामग्राममा ३ हजार २२७, सुनवलमा ३ हजार ६०३, बर्दघाटमा २ हजार ५७३ र पालिकातर्फ सरावलमा ३ हजार ७००, पाल्हिनन्दनमा २ हजार ३४, प्रतापपुरमा २ हजार, सुस्तामा ३ हजार ८१९ गरि कुल १८ हजार ४५९ जना रहेका छन् । यस्तै १५ महिनामुनिका खोप लगाईरहेका वालबालिकाहरुमा रामग्राम नगरपालिकामा १ हजार १९, सुनवलमा १ हजार ७४, बर्दघाटमा १ हजार २०० र सरावल गाउपालिकामा ८४९ , पाल्हिनन्दनमा ६३५, प्रतापपुरमा ८०५, सुस्तामा ८७६ गरि कुल ६ हजार ४५७ जना छन्
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवम पुर्बमन्त्री खडक बस्नेत, जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,प्रदेश स्वास्थ्य मन्त्रालय सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, निर्देशक रोशनलाल चौधरी, कांग्रेशको कार्यबाहक जिल्ला सभापति विक्रम यादव, स्वास्थ्य स्वयमसेविका संजालकी केन्दिय सदस्य सरस्वती सुबेदीलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समिती (जिसस) का प्रमुख भगौती यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य स्वास्थ्य कार्यलय नवलपरासीका खोप अधिकृत ओमप्रकाश पन्थीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

