Rashtriya Dainik

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

प्रिन्स मिश्रा/कपिलवस्तु

शिवराज नगरपालिका वडा न १० लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजय थापाले प्रमाणपत्र प्रदान गर्दै पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नु भएको हो ।

नगर प्रमुख थापाले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

सो अवसरमा कार्यक्रमको अध्यक्षता शिवराज नगरपालिका वडा नं १० की वडा अध्यक्ष मंजू मिश्राले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा पुर्ण खोप सुनिश्चित गर्न योगदान गर्ने स्वास्थकर्मी तथा महिला स्वास्थ स्वयंसेबिकाहरुलाई सम्मान गरिएको लालपुर स्वास्थ चौकीका प्रमुख तथा वडा खोप समन्वय समिति सदस्य सचिव लेखनाथ पौडेलले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित