राष्ट्रिय दैनिक / नवलपरासी ,७ जेठ
सरावल उद्योग वाणिज्य संघ र यति एयरलाइन्स बीच भाडामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
पश्चिम नवलपरासीको सरावल उद्योग वाणिज्य संघमा आवद्ध रहेका सदस्यहरुलाई रुपन्देही भैरहवामा रहेको यति एयरलाइन्स बीच भाडामा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको हो।

छुट सम्झौता पत्रमा सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे र रुपन्देही भैरहवामा रहेको यति एयरलाइन्सको तर्फबाट स्टेसन प्रमुख अनुप ढकालले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम बाणिज्यकाे सदस्यहरुलाई भाडामा १० प्रतिशत छुट ,२ बर्षभन्दा तलका बच्चालाई पुर्ण निशुल्क ,लगेज छुट ,५० प्रतिशत कार्गाे छुट र सिटमा विशेष प्राथमिकता दिने सम्झौतामा उल्लेख छ।

छुटकाे भरपुर लाभ लिनकाे लागि यति एयरलाइन्सकाे माेबाइल एप्स डाउनलाेड गर्नुपर्ने एयरलाइन्सको स्टेसन प्रमुख ढकालले बताउनुभएको हाे। यति एयरलाइन्सकाे टिकटमा गरिएको छुट सम्झौता देशब्यापी लागुहुने वाणिज्य संघका अध्यक्ष घिमिरेले बताउनु भएको हाे।
सरावल उद्योग वाणिज्य संघकाे वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बाणिज्यमा आबद्ध सदस्यहरुलाई थप सेवासुविधा दिनका लागि अन्य संघसंस्थाहरुसंग सहकार्य गरिरहेकाे जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

