बिनाेद निगम / नवलपरासी ,७ जेठ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वाड नं ९ स्थित कर्मेनीमा रहेको एक धर्मशालाबाट खैरो हिरोइनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो २ बजे उक्त स्थानमा खोजतलास गरेको हो। प्रहरीका अनुसार ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनले धर्मशालाको खाटमुनी लुकाएर राखेको अवस्थामा खैरो हिरोइन जस्तो देखिने ५० पुडिया लागू औषध फेला परेको हो। बरामद गरिएका पुडियाको कुल तौल ४६.३८० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका हरिजनलाई लागू औषध सम्बन्धी कसूरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।