Rashtriya Dainik

कृष्णनगरका जेष्ठ नागरिकहरूलाई कम्बल वितरण

कपिलवस्तु / ३ फागुन

कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएकाे हो ।
कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसाे बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताकाे पैसा जनता सम्मा पुग्न याे राम्राे मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो ।
कृष्णनगर नगरपालिका वडा न. ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाकाे सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनु भयो । वडा कार्यालयकाे प्रङ्गणमा एक कार्यक्रम गरि कम्बल वितरण गरिएकाे वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित