Rashtriya Dainik

२२ नं बाहिनी अड्डाद्धारा फायरिङ संचालनका लागी जग्गा माग, स्थानिय बासीको असहमती

अमृता सुनार/नवलपरासी ,२८ वैशाख

श्री २२ नं बाहिनी अड्डा अर्न्तगत पर्ने श्री गोरखदल नवलपरासीले नेपाली सेनाको गोरखदल द्धारा सुनवल नगरपालिका वडा नं १ र ४ मा विभिन्न अभ्यास तथा फायरिङ संचालन गर्न आवश्यक पर्ने जग्गा भोगचलन सम्बन्धी वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन तयार गर्ने सिलसिलामा क्षेत्र निर्धारण गर्नका लागी स्थानिय संग राय सुझाव संकलनका लागी गरेको भेलामा स्थानियहरु द्धारा विभिन्न ९ बुदामा असहमती राखी राय सुझाव पेश गरेका छन ।

जसमा शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर, ध्वनि प्रदुषण, विष्फोटक पद्धार्थको गन्ध, वातावरण र जैविक प्रभाव, घना बस्ती, चरण क्षेत्र, विस्फोटले गर्दा पहिरो जाने समस्या नजिकै रहेको हिलपार्क विद्यार्थी तथा स्थानियले प्रयोग गर्ने बाटो अभ्यास क्षेत्रमा पर्ने र बालबालिकाको मानसिकतामा असर पर्ने लगाएतका राय सुझाव राखी उक्त अभ्यास क्षेत्र मानव बस्ती भन्दा कम्तीमा ४ किलोमिटर टाढा अन्य ठाउमा व्यवस्थापन गर्नका लागी हस्ताक्षरित सुझाव पेश गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित