नन्दु यादव / फागुन ३ नवलपरासी
केही समय अगाडि नेपाल सरकार ले नेपालकाे ३०वटा मुल नाकालाई अावतजावत गर्न का लागि खाेल्ने निर्णय गरेकाे थियाे ।नेपालकाे नाका खाेल्न निर्णयले अाम जनतामा खुसियाली छाएकाे थियाे तर भारतिय पक्षबाट भारतिय नाका नखाेल्दा अावत जावत गर्ने समस्या भईरहेकाे अाम जनताहरुले बताएका छन ।नेपालकाे एकाेहाेराेे रुपले नाका खाेले पनि भारतिय नाका नखुल्दा पुर्णरुपमा मुल नाकाबाट अावतजावत गर्न जनता पाएका छैनन ।काेराेना भाईरसकाे कारण ११महिना देखि बन्द रहेका सिमा नाका खुल्दा खुसियाली छाएपनि भारतिय नाका नखुल्दा निराशा छाएकाे जनताहरुले बताईरहेका छन ।यसै गरि नवलपरासी काे महेशपुर नाका एकाेहाेराे खुलेपनि भारतकाे ठुठिबारी नाका नखुल्दा अावतजावतमा कठिनाई भईरहृेकाे छ ।भारतिय नाका नखुले पनि बाध्य भएर मानिसहरु लुकिछि चाेरिकाे बाटाे भएर अावतजावत गरिरहृेका छन ।यश बिषयमा भारतिय सुरक्षाकर्मीले हरुबाट साेधपुछ गर्दा माथिबाट अादेश नरहेकाे ले हामी खाेल्न सकेका छैनाै एक सुरक्षाकर्मी ले बताए ।माथिबाट अादेश अाउने लगतै हामी अावतजावत गर्न दिन्छाै उनले भने भारत सरकारले निर्णय नगरेकाेे नाकाबाट अावतजावत गर्न नमिल्ने बताईएकाे छ ।उता मालबाहक सवारी साधन अावत जावतमा कुुुुनै राेक लगाईएकाे छैन ।नाकाकाे बिषय लियर नाकामा पटक पटक नेपाल र भारतका जनताहरुले नाका खाेल्न माग राख्दै नाकामा प्रदर्शन समेत गर्दै अाईरहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

