जाजरकोट, २८ बैशाख
जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

