Rashtriya Dainik

ज्योति गुम्बा बौद्धविहार विनयी त्रिवेणी ७ द्वारा शान्ति पूजा सहितको धार्मिक कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२५ बैशाख

ज्योति गुम्बा बौद्धविहार विनयी त्रिवेणी ७ को आयोजनामा बुद्ध जयन्तीको ६ दिने कार्यक्रम अन्र्तगत शान्ति पूजा सहितको धार्मिक कार्यक्रम गुम्बा हल शिवपुरगढीमा सम्पन्न भएको छ ।
ज्योति गुम्बा बौद्धविहार शिवपुरगढीका अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा शान्ति पूजा सहितको कार्यक्रम एवम् सम्बोधन कार्य मंगलबार सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि रहनु भएका राजकिय बौद्धबिहार लुम्बिनीका प्रमुख भन्ते सागर धम्मले बुद्धको शिक्षाबाट नै सम्पूर्ण मानव जगतलाई बचाउन सकिने धारणा राख्नु भयो । उहाँले बुद्धको ज्ञान र ध्यानबाट नै मानव जीवनलाई समृधि तर्फ लान सकिने बताउदै बुद्ध धर्मको अनुशरणबाट मानविय विकृती समाप्त गर्न सकिने जिकिर गर्नु भयो ।


कार्यक्रममा महानाम धम्म सहितका बुद्ध धर्मका ज्ञाताहरुले मार्ग दर्शन सहित सम्बोधन गर्नु भएको थियो । सो अवसरमा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले आउदै गरेको बुद्ध पुर्णिमा कार्यक्रम भव्य रुपले मनाउने कार्यका लागि सम्पूर्णमा सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा विनयी त्रिवेणी वडा नं. ६ र ७ का संघ संस्थाका प्रतिनिधि र अन्य सर्व साधारणहरुको पनि उपस्तिथी रहेको बताइएको छ ।

आउदै गरेको बुद्ध पुर्णिमाको अवसरमा ज्योति गुम्बा बौद्ध विहारले ६ दिवसीया कार्यक्रम अन्र्तगत अन्तरकृया, धर्म सभा, सामुहिक बोद्ध पुजन प्रभात फेरी सहितको कार्यक्रम गरिने आयोजकले जानकारी दिनुभएको छ । कार्यक्रम पछि राजकिय बौद्धविहार लुम्बिनीका अध्यक्ष सागर धम्मले वरिष्ठ पत्रकार आर.पि. उपाध्यायसंग बौद्ध पुर्णिमा र बुद्ध धर्मसंग संक्षिप्त कुरा कानी गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित