Rashtriya Dainik

रामग्राममा बालश्रमको अनुगमन तीब्र; फाल्गुन मसान्तसम्म बालमैत्री घोषणा हुने

रन्जीत शर्मा / नवलपरासी / ०१ फागुन ।

पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकालाई यहि फाल्गुन मसान्तसम्म बालमैत्री नगरलाई घाेषणा गर्नेका लागी नगर भित्रको बालश्रम अनुगमन तीब्र भएको छ ।

सदरमुकाम परासीमा नगर बाल संजाल र मैत्री समाज नेपालकाे आयाेजनामा हाेटल , वर्कशप, रेष्टुरेन्टमाहरुमा तथ्यांक संकलन कार्य गरि बालश्रम न्यूनीकरण अभियानको निरंतरता दिएको छ ।

नगर बाल संजाल कि अध्यक्ष गाेमा अग्रहरीकाे अध्यक्षाता तथा रामग्राम नगर उप-प्रमुख रम्भा कुवर काे प्रमुख आतिथ्यता तथ्यांक संकलन कार्य सुरु भएको छ ।

कार्यक्रममा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , बाल मैत्री सहजकर्ता शर्मिला पाैडेल ,पत्रकार सुरेश यादव,सामाजिक परिचालक पशुपति प्रसाद नाउ ,कमल राज शर्मा , नगर बाल संजालका सल्लाहकार सिद्धान्त पाठक र विभिन्न वडा का बाल मैत्री स्वमसेवकहरुकाे सहभागीता रहेका थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित