रबिन्द्र यादव / नवलपरासी १ फागुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ९ ले ७० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ८० वर्ष भन्दा माथीका ७० जना जेष्ठ नागरिकहरुलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो।
वडा ९ भित्र रहेका ७० जना जेष्ठ नागरिकहरुलाई एक-एक सेट बलाङ्केट र च्यावनप्रस प्रदान गरि सम्मान गरिएको हो। सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई बलाङ्केट र च्यावनप्रस वितरण गर्दै प्रमूख अतिथि तथा जिल्ला समन्वय समिति सदस्य बजरंगी कुशवाहाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकहरुको पहिचान गरी जेष्ठ नागरिक परिचय पत्र वितरण गर्नुपर्नेमा जोड दिनु भयो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार ( मनोज ) को अध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य बगरंगी कुशवाहाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा सदस्य पुष्पावती देवी चौधरी, संगिता हरिजन, भिम नारायण चौधरी, वडा सचिव नरेन्द्र कुमार पाण्डे, पत्रकार लगायतको उपस्थिति थियोे भने कार्यक्रम संचालन हिम नारायण चौधरीले गरेका थिए । जेष्ठ नागरिकलाई सम्मान गरिएपछि सम्मानित हुने जेष्ठ नागरिकहरुले खुशी भएको बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

