रन्जीत शर्मा /नवलपरासी १ फागुन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ पुरानाे जिल्ला बाल कल्याण समितिकाे सभाहलमा याेगदान राष्ट्रका लागि पश्चिम् नवलपरासीकाे आयाेजनामा आयोजित ३ दिने प्राथमिक उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम आज समापन भएको छ ।
याेगदान राष्ट्रका लागि पश्चिम् नवलपरासी शाखाकाे आयाेजना तथा रामग्राम नगरपालिका ,सरावल गाउपालिका तथा पाल्हिनन्दन गाउपालिकाकाे सहयाेग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा प्राथमिक उपचार सक्बन्धी ३ दिने जनचेतनामुलक कार्यक्रम ४० जनाको सहभागितामा माघ २९ गतेदेखि सुरु भइ आज फाल्गुन ०१ गते समापन गरिएको छ ।
याेगदान राष्ट्रका लागि पश्चिम नवलपरासी शाखाका जिल्ला संयाेजक ज्ञानेश्वर सहानीकाे अध्यक्षाता तथा पश्चिम नवलपरासी का सहायक प्रमुख जिल्ला अधिकारी जाेरा सिहं माझीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा यागदान राष्ट्रका लागि बारा जिल्ला संयाेजक श्याम पाैडेल , कपिलवस्तु जिल्ला सचिव राम शब्द यादव , कपिलवस्तु जिल्ला सदस्य देविराम काेहार ,मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता र पत्रकार सुरेश यादव ,आदित्य प्रजापति लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम संचालन पत्रकार रन्जित शर्माले गर्नुभएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

