Rashtriya Dainik

बुटवलकाे विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

१ फागुन, बुटवल  । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् ।

उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी राजनीतिक कार्यक्रममा सहभागी गराइनु बाल अधिकारको हनन् मानिन्छ ।

कलिला बालबालिकालाई राजनीतिक कार्यक्रममा झण्डा प्रयोग गराउँदा भविष्यमा नराम्रो असर पुर्याउने बताउँछन् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बैकुण्ठ पाण्डे । ‘पहिलो कुरा विद्यालय प्राङ्गणमा यस्ता आमसभा गर्नु नै गलत हो, दोस्रो कलिला बालबालिकाको प्रयोग त अपराध नै मानिन्छ,’ प्राध्यापक पाण्डेले भने, ‘कलिलो उमेरमा पार्टीका झण्डा बोकाउँदा र प्रयोग गराउँदा बाल मस्तिष्कमा गहिरो छाप पर्छ र भविष्यमा नकारात्मक असर पर्छ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित