पुर्वी नवलपरासीको रजहरबाट काठमाडौका लागि छुटेको माईक्रो बाटोमा रोकिराखेको ट्रक सँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गको चरौंदी बजारमा काठमाडौं तर्फ जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रो बस बेनीघाट चरौंदी बजार रातोघर नजिक रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।
माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

